बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै छैन’

सोमबार, २४ माघ २०७८, १५ : १७
सोमबार, २४ माघ २०७८

केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघ (केमसन)का अध्यक्षमा सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको बताएका छन् । उनले मेडिकल औषधीहरु आयात नीतिगत रुपमा व्यवस्थित भए पनि स्वास्थ्य उपकरणहरुको आयातमा भने मन लाग्दी हुने गरेको बताए ।  अध्यक्ष घिमिरेले सरकारसँग गुणस्तरीय स्वास्थ्य सामाग्री आयात भए-नभएको परीक्षण गर्ने नीतिगत व्यवस्थासम्म पनि नभएको बताए । 

उनले राज्यसँग स्वास्थ्य उपकरण गुणस्तर परीक्षण गर्ने मेकानिजम नै नभएकाले कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री जथाभावी रुपमा आयात भएको तथ्य स्मरण गराए ।  कपडा, फलफूल आयात गर्ने व्यवसायीले समेत नेपालमा स्वास्थ्य उपकरणका सामाग्री आयात गर्ने गरेको उनको भनाइ छ ।  

अध्यक्ष घिमिरेले सरकारले स्वास्थ्य उपकरण सामानको बजारमा गुणस्तरियता भन्दापनि व्यापारीहरुले कति नाफा खाए भनेर मात्रै अनुगमन गर्ने आरोप लगाए । सरकारले तत्काल स्वास्थ्य सामाग्रीको गुणस्तरीयता परीक्षणका लागि ल्याबको व्यवस्था गर्नुपर्ने अध्यक्ष घिमिरेले बताए । 

त्यस्तै अध्यक्ष घिमिरेले कोरोना महामारीको शुरुवातको जस्तै पछिल्लो समय स्वास्थ्य उपकरणको अभाव नभएको पनि बताए । अहिले बजारमा औषधीको धेरै माग भएकाले पारासिटामोल लुकाएर कृतिम अभाव भएको घिमिरेको भनाइ छ । 

अध्यक्ष घिमिरले पछिल्लो समय स्वास्थ्य उपकरणका विभिन्न स्वास्थ्य सामाग्रीहरु बजारमा नक्कली पाउन थालेकाले यस्ता सामाग्री आयात नगर्न व्यवसायीहरुलाई संघले सचेत गराउँदै आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप