बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

७१ जिल्ला र ६४४ स्थानीय तहले बुझाए कोरोनाविरुद्धको खोप विवरण
सोमबार, २४ माघ २०७८, १७ : ४५
सोमबार, २४ माघ २०७८

कोरोनाविरुद्धको खोप विवरण सात प्रदेशका ७१ जिल्ला र ६४४ स्थानीय तहले बुझाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई मौज्दात रहेको खोपबारे अनिवार्य रुपमा सार्वजनिक गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले यसअघि नै मौज्दात खोप र कोभिड –१९ विरुद्धको खोप लगाएका सबै व्यक्तिको विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्नका लागि निर्देशन दिएको थियो । 

 यस्तै, ७७ जिल्लाका ७५३ वटै स्थानीय तहहरुले ०७८ माघ २१  गतेसम्ममा प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै करणवश क्षती भई प्रयोग गर्न नमिल्ने  खोपको मात्राको विवरण समेत यही माघ २६ गते बुधबार दिउँसो ३ देखि ४ बजे भित्र प्रणालीमा अनिवार्य विवरण राख्न सूचनामार्फत मन्त्रालयले आग्रह गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप