आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोटमा काङ्ग्रेसको प्रचार टोलीमाथि बम प्रहार, ५ घाइते

शुक्रबार, ०१ मङ्सिर २०७४, ०७ : ००
शुक्रबार, ०१ मङ्सिर २०७४

नुवाकोट– काङ्ग्रेसको चुनाव प्रचार टोलीमाथि लक्षित गर्दै नुवाकोटमा बम विष्फोट भएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं १ अन्तर्गत ख का प्रदेश उम्मेदवार रमेश महतमाथि लक्षित गरेर बम विष्फोट भएको हो । 

ककनीको चियावगानमा भएको विष्फोटबाट उम्मेदवार महत सुरक्षित रहेपनि उनीसँगै रहेको अर्को गाडी एम्बुसमा परेको छ । जसका कारण कांगैसका ५ जना कार्यकर्ता गम्भिर घाइते भएका छन् । घाइते हुनेहरुमा भेषकुमार लामा, उपेन्द्र मिश्र लगायत छन् । उनीहरुलाई उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ । 

प्रत्यक्षदर्शीका अनुसार २ वटा कुकर बम विष्फोट भएका थिए । विष्फोटबाट बा १६ च ६६५ नम्बरको गाडी पूर्णतया ध्वस्त भएको छ । महतसहितको टोली चुनावी प्रचार प्रसारका क्रममा आज बिहान ककनी पुगेको थियो । टोली ककनीमा घरदैलो सकेर चतुरचलेतर्फ जादै गरेको अवस्थामा उम्मेदवार महत चढको गाडीलाई लक्षित गरेर एम्बुस राखिएको बताइएको छ ।

महत सावर गाडी बा १४ च १६४१ नम्बरको गाडी अगाडी कटेलगत्तै सँगैको अर्को गाडी एम्बुसमा परेको हो ।

यसैवीच उम्मेदवार महतले घटनालाई अत्यन्त निन्दनीय भन्दै खेद व्यक्त गरेका छन् । रातोपाटीसँगको प्रतिकृयामा काङ्ग्रेसको जित निश्चित भएपछि यस्तो षड्यन्त्र भएको हुनसक्ने महतको प्रतिकृया छ ।

यता, प्रहरीले बम आक्रमणमा तीन जना गम्भिर घाइते भएको र उनीहरुलाई हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौँ लाने तयारी भइरहेको जानकारी दिएको छ । घटना कसले घटाएको भन्ने अझै यकिन नभएको एसपी वीरेन्द्र कुमार बस्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप