सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ऐतिहासिकताले भरिएको भीमफेदीको हात्तीसार संग्रहालय, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २५ माघ २०७८, ११ : १८
मङ्गलबार, २५ माघ २०७८

बेलायती महारानी एलिजाबेथ द्वितीय र राणा प्रधानमन्त्री जंगबहादुर राणाले सिकार खेलेको स्थलका रुपमा परिचित मकवानपुरको भीमफेदीको हात्तीसार ऐतिहासिक रुपमा महत्त्वपूर्ण रहेको छ । हेटौंडाबाट उत्तर–पूर्वमा करिव ३५ किलोमिटर यात्रा गरेपछि पुगिने मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजार नजिकै अवस्थित हात्तीसार संग्रहालयमा महारानी एलिजावेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडासहितको हौदा राखिएको छ । हात्तीसार संग्रहालय भवनभित्र कुल ४२ वटा हौदाहरु राखिएको छ । त्यस्तै संग्रहालयभित्र बाघको सिकारका लागि प्रयोग गरिने सेतो कपडा पनि सुरक्षित राखिएको छ ।

संग्राहलयमा शिकार खेल्ने व्यक्तिले हात्तीमा राखेर प्रयोग गर्ने सिकारी हौदा, शिकारीको संरक्षणमा जाने भारदारी र खानपानको व्यवस्था गर्नेहरु बस्ने सुसारेले प्रयोग गर्ने हौदाहरु रहेको छ । राणाकालमा बेलायती राजा रानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्नका निम्ति पनि भीमफेदी आउने गर्दथे ।

सो संग्रहालयमा पूर्व राजपरिवारका सदस्यहरूले पनि चितवन राष्ट्रिय निकुञ्ज, कोसी टप्पु वन्यजन्तु आरक्ष, शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा यहीँबाट हौदा लिएर सिकार खेल्न जाने गरेका थिए ।​ ऐतिकासिकताको जगेर्ना गर्ने उद्देश्य अनुरुप नेपाल भ्रमण वर्ष १९९८ को सन्दर्भ पारेर सो थानमा हात्तीसार संग्रहालयको स्थापना गरिएको थियो । त्यस स्थानका ऐतिहासिकतालाई संरक्षण र सम्बर्द्धन गरी आकर्षक बनाउने तथा मत्स्य प्रदर्शन कक्षको रुपमा विकास गर्नका लागि २०५५ सालमा भवन निर्माण गरि शुभारम्भ गरिएको थियो ।

हात्तीसार सङ्ग्रहालयलाई पर्यटकीयस्थलमा परिणत गर्ने उद्देश्यका साथ तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले २०५९ जेठमा आधा दर्जन एक्युरियम राखेर आकर्षक बनाएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वामित्वमा रहेको सो संग्रहालय करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । संग्रहालय अगाडी आकर्षक बगैँचा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप