आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनवरीमा मात्रै झण्डै १४ हजार टाटा नेक्सन बिक्री

मङ्गलबार, २५ माघ २०७८, १२ : ४२
मङ्गलबार, २५ माघ २०७८

टाटा मोटर्सले यो महिना पनि आफ्नो दमदार प्रदर्शन कायम राख्न सफल भएको छ । प्यासेन्जर सेग्मेन्टमा अन्य ब्रान्डहरु हुन्डाई, किया, मारुती सुजुकीलाई पछाडि पार्दै कम्पनीको एसयूभी नेक्सन शीर्ष स्थानमा नै रहन सफल भएको हो ।

टाटा मोटर्सका अनुसार जनवरी महिनामा मात्र कम्पनीले १३ हजार ८१६ यूनिट नेक्सन विक्री गर्न सफल भएको छ । जुन अन्य गाडीहरुको बिक्रीको तुलनामा उच्च हो । यस्तै, समीक्षा अवधिमा किया सेल्टोस ११ हजार ४८३ यूनिट बिक्रीसहित दोस्रो स्थानमा रहन सफल भएको छ भने हुन्डाई भेन्यू ११ हजार ३७७ यूनिट सहित तेस्रो स्थानमा छ ।

फेरि चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ यूनिट सहित पाँचौ स्थानमा रहेको छ । छैटौ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ यूनिट र सातौ स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ यूनिट विक्री भएको छ ।

त्यस्तैगरि धेरै विक्री हुने १० मोडलको सूचीमा रेनो काइगर, निसान म्याग्नाइट, फक्सवागेन टाइगुन र स्कोडा कुशाकले भने यसपाली आफ्नो स्थान पक्का गर्न सकेनन् । सूचीको आठौं, नवौं र दसौं स्थानमा महिन्द्रा थार ४ हजार ६४६ यूनिट बिक्री हुँदा महिन्द्रा एक्सयूभी३०० ४ हजार ५५० यूनिट र महिन्द्रा एक्सयूभी७०० ४ हजार ११९ यूनिट विक्री भएका छन् । 

पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट साबित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटाले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गइरहेको छ ।

टाटा मोटर्सलाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट साबित भइसकेको र नेपालमा ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीको दाबी छ । विक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै विक्री हुने एसयूभी भएको हो । टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिनको कारण चर्चामा रहने मोडल बनेको कम्पनीको भनाइ छ । टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रुपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप