आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु

मङ्गलबार, २५ माघ २०७८, १२ : ५९
मङ्गलबार, २५ माघ २०७८

बूढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् । सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।  

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप