मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

मङ्गलबार, २५ माघ २०७८, १३ : ०३
मङ्गलबार, २५ माघ २०७८

कोरोना संक्रमितको दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि कोभिड संक्रमितको उपचार नगर्ने भएको छ । कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’ बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर उपचार गरेको थियो । 

तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट कोभिड नभएकाहरुलाई मात्रै सेवा प्रवाह गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । हाल अस्पतालमा कोभिड क्रिटिकल युनिट १५ शैयाको छ ।  उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट गर्ने बताए ।  

नर्भिकले केही समय अघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपिडी सेवा’को समेत सुरुवात गरेको थियो । सो सेवासमेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ । सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहनेसमेत मिश्रले बताए । 

नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको उपचार सेवा प्रवाह हुनेछ । सर्वसाधारणले ढुक्क भएर पहिलाको जस्तै स्वास्थ्य सेवा लिन सक्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप