मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हाम्रो पात्रो एप टेलीहेल्थ सेवाबाट ३ महिनामा ५०० भन्दा बढी कल सम्पन्न

बुधबार, २६ माघ २०७८, १९ : ३१
बुधबार, २६ माघ २०७८

हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा  ३ महिनामा ५०० भन्दा बढी कलहरू सम्पन्न भएको छ। तीन महिना अघि मात्र डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्ताहरू माझ लिएर आएको हाम्रो पात्रो मा ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् । 

आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधालाई माया दिए। यसरी ५०० कल पूरा हुँदा  बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिइएको देखिएको छ भने भक्तपुर, काठमाडौँ र पोखराबाट धेरै कल आएको छ।

 यो विशेष अवसरमा हाम्रो पात्रो, इंक. का सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गरेका छन्। ‘यति छोटो समयमा प्रयोगकर्ताहरूले हामीलाई देखाउनुभएको विश्वास सराहनीय छ । म सम्पूर्ण प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु। उहाँहरूको सकारात्मक प्रतिक्रियाले टेलीहेल्थ सुविधामा नयाँ विशेषताहरू थप्न हामीलाई थप हौसला प्राप्त भएको छ,’  हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई आवश्यक हुँदा घरबाटै कम शुल्कमा विज्ञ डाक्टरको परामर्श दिनु हो।

टेलीहेल्थ सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरिरहेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र रु. २०० मा विज्ञ डाक्टरसँग परामर्श लिन सक्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप