आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बिहीबार, २७ माघ २०७८, ११ : ०७
बिहीबार, २७ माघ २०७८

आज विहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कारोबार मूल्य ५०० रुपैयाँले बढेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य ९२ हजार ९०० रुपैयाँ थियो ।

आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन त्यसयता तोलामा १४०० रुपैयाँले बढेको छ । सोमबार १००, मंगलबार ५००, बुधबार ३०० र आज ५०० ले बढेको हो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप