सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, १९ जना घाइते

बिहीबार, २७ माघ २०७८, १२ : २३
बिहीबार, २७ माघ २०७८

उदयपुरको त्रियुगा नगरपालिका-१६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।

रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिान १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका-७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

दुर्घटनामा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याउने क्रम जारी रहेको र मृतक मग्रातीको शव कानुनी प्रक्रिया पूरा गरी ल्याउने काम भइरहेको  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी सुबवसचन्द्र बोहोराले जानकारी दिए ।

घाइतेहरूको अवस्था र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप