आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेसवादी पार्टी विदेशीले बनाइदिए : प्रचण्ड (भिडियोसहित)

बिहीबार, २७ माघ २०७८, १५ : ०८
बिहीबार, २७ माघ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको आरोप लगाएका छन् । बिहीबार रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्ला लगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रिया लगत्तै ठुल–ठुला हत्याकाण्डहरू मच्चाइएको बताए ।

उनले रुपन्देही र कपिलवस्तुमा त्यस्ता हत्याकाण्ड मच्चाइएको भन्दै तिनै हत्याकाण्ड मच्चाएर मधेसवादी पार्टीलाई जन्माइएको बताए । ‘मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी हो भनेर लहर चल्दै थियो । त्यसलाई रोक्न निकै ठूला षड्यन्त्र भए । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट पनि मधेस माओवादी भयो भने नेपाल नै माओवादी भयो भन्ने लागेर केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइयो’, प्रचण्डले भने, ‘त्यही क्रममा मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिए । अर्कैको डिजाइनमा बनेकाहरू मधेसका मसिहा भनिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप