आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुग्यो

शुक्रबार, २८ माघ २०७८, ११ : ०६
शुक्रबार, २८ माघ २०७८

सुनको मूल्य बढेर ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको मूल्यमा तोलामा एक सय रुपैयाँले बढ्दै शुक्रबार छापावाला सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने आज स्थिर रहँदै गत बिहीबार कै मूल्य प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप