आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको ओलीले उद्घाटन गर्दै

शुक्रबार, २८ माघ २०७८, ११ : ०७
शुक्रबार, २८ माघ २०७८

नेकपा एमालेले सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ गर्ने भएको छ । अध्यक्ष केपी शर्माओलीले उक्त कार्यक्रमको भर्चुअल माध्यमबाट शुक्रबार दिउँसो १ बजे उद्घाटन गर्ने भएका छन् ।

पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने उक्त कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम् प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमाले दुई दिने प्रशिक्षणको समय तालिका र स्थान यसअघि नै सार्वजनिक गरिसकेको छ ।

जसमा प्रदेश नम्बर १ मा फागुन १ र २, विराटनगर हुनेछ भने मधेस प्रदेशको फागुन ३ र ४, जनकपुर तथा वागमती प्रदेश– फागुन ६ र ७ गते काठमाडौंमा हुनेछ । त्यसैगरी गण्डकी प्रदेशको प्रशिक्षण फागुन ८ र ९ पोखरा, लुम्बिनी प्रदेशको फागुन ११ र १२, बुटवल/दाङ, कर्णाली प्रदेशको फागुन १४–१५, सुर्खेत र सुदूरपश्चिम प्रदेशको फागुन १६–१७, धनगढीमा हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप