आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सत्यमोहन जोशीमा निमोनिया संक्रमणका साथै मुटुमा समस्या, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था

शुक्रबार, २८ माघ २०७८, १७ : ४२
शुक्रबार, २८ माघ २०७८

वाङ्‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीमा निमोनिया संक्रमणका साथै मुटुमा समस्या देखिएको छ । किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले शुक्रबार दिउँसो ४ बजे जारी गरेको विज्ञप्तिमा उनको उपचार जारी रहेको जानकारी दिइएको छ । 

विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । समग्रमा उनको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।  उनको प्रेसर ११०/६०, पल्स ८८ बिट्स प्रतिमिनेट, अक्सिजन लेभल ९६ प्रतिशत (सर्पोट प्रतिमिनेट एक लिटर) रहेको छ । स्वास्थ्यमा समस्या आएपछि जोशी माघ २५ देखि सो अस्पतालमा उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप