आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुखको क्यान्सरबाट यसरी बचौँ

शनिबार, २९ माघ २०७८, १३ : ०४
शनिबार, २९ माघ २०७८

नेपालमा पछिल्लो समयमा क्यान्सरका रोगी बढ्दै गइरहेका छन् । क्यान्सर रोग शरीरका विभिन्न अङ्गहरूमा लाग्ने गर्छ । नेपालमा विभिन्न क्यान्सर मध्ये  फोक्सो, स्तन र पाठेघरको मुखको क्यान्सरका रोगीको बढी रहेको चिकित्सकहरू बताउँछन् । तर, पछिल्लो समय नेपालमा मुखको क्यान्सरका बिरामी पनि धमाधम भेटिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुखको क्यान्सर हुँदा यही नै लक्षणन्नहरु हुन्छन् भन्न नसकिएपनि साधरणतया यस्ता खालका लक्षण देखिन्छन् ।

–मुखमा दाग, धब्बा वा पत्र देखिने
–स्वाद फरक पाउने
–घाँटीमा गिर्खाहरू देखा पर्ने
–नदुख्ने वा दुख्ने घाउ खटिरा देखिने
–मसलादार खाना खाँदा पोल्ने
–घाउ,खटिराको आकार बढ्दै जाने
–¥याल बढी आउने
–अस्वाभाविक रक्तस्राव हुने
–खान निल्न, पिउन अप्ठ्यारो हुने
–खान निल्न पिउन अप्ठ्यारो हुने

मुखको क्यान्सरका कारणहरू

सुर्तीजन्य पदार्थ सेवनमा क्यान्सर बनाउने हजारौँ रसायन हुन्छन् । सुर्तीजन्य पदार्थ सेवन गर्दा ४५ तत्त्व हुने गर्छन् । यस्तै, मद्यपान गर्दा अर्थात् रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी हुन्छ । शरीरमा

पोषणको कमी हुँदा अर्थात् आइरन, भिटामिन ए, ई र सीको कमी हुँदा पनि मुखको क्यान्सरको कारण बन्न सक्छ ।

मुखमा समस्या हुँदा जस्तै,दाँतको समस्या, फोहोर मुख हुँदा पनि क्यान्सर हुन सक्छ । विभिन्न प्रकारको भाइरल व्यक्टेरियल र फङ्गल सङ्क्रमणका कारण पनि क्यान्सर हुन सक्छ । यस्तै सूर्यको प्रकाशको अल्ट्रभाइलेट विकिरण र एक्सरेले क्यान्सर बनाउन सक्छ ।

मुखको क्यान्सरका रोकथामका उपायहरू

 मुखमा आउने परिवर्तनलाई पहिचान गरी उपचार गर्न सकिन्छ । मुखमा आएको घाउ खटिरा, दाग सजिलैसँग निदान गर्न सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार मुखको क्यान्सर रोकथामका लागि निम्न उपाय छन् ।

–सुर्तीजन्य पदार्थको सेवन नगर्ने
–सङ्क्रमणको उपचार गर्ने
–राम्रोसँग मुखको सफाइ गर्ने, बेलाबेलामा कुल्ला गर्ने
–सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने
–मद्यपान नगर्ने
–दीर्घकालीन चोटपटक धर्षणबाट मुक्त हुने
–दाँतको समस्याको बेलैमा उपचार गर्ने
–अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआउने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप