बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लघुकथा समाजद्वारा पौडेल र भण्डारीलाई सम्मानको घोषणा

शनिबार, २९ माघ २०७८, २० : १६
शनिबार, २९ माघ २०७८

लघुकथा समाज नेपालले वर्षेनि प्रदान गर्दै आएको सम्मानको घोषणा गरेको छ । समाजको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ‘सावित्री–केशर कथा सम्मान २०७८’ तीसको दशकदेखि कथा लेखनमा क्रियाशील कथाकार मधुवन पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । सो सम्मानका साथ २१ हजार रुपैयाँ नगद राशि प्रदान गरिने पनि जनाइएको छ ।

त्यस्तै, समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान २०७८’ लघुकथा लेखनमा लामो समयदेखि सक्रिय लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मानका साथ नगद राशि २१ हजार रुपैयाँ प्रदान गरिने समाजले जनाएको छ ।

सम्मानित कथाकार मधुवन पौडेलले तीको दसकदेखि नै साहित्य लेखनमा हात हालेका हुन् । कूटनीतिक सेवामा समेत रहेका पौडेलका ‘नलिनी भाउजू’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’, ‘बाँच्नुको विवशता’ लगायतका कथासङ्ग्रह प्रकाशित छन् ।

लघुकथाकार भण्डारीका तीनवटा लघुकथाकृति प्रकाशित भइसकेका छन् भने  विभिन्न विधाका दर्जन कृति प्रकाशनमा आइसकेको छ । विनय कसजुका लघुकथामा व्यङ्ग्य विषयमा एमफिल गरेका भण्डारी नेपाली लघुकथामा व्यङ्ग्य विषयमा विद्यावारिधि गर्दैैछन् ।

उक्त दुवै सम्मान परिस्थिति सहज हुनासाथ प्रदान गरिने समाजले जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप