मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्कुल जान पाउँदाको खुसी, तस्बिरहरू हेर्नुहोस्

आइतबार, ०१ फागुन २०७८, ११ : १३
आइतबार, ०१ फागुन २०७८

ओमिक्रोन भेरियन्टका कारण आएको कोरोनाभाइरसको तेस्रो लहर मत्थर हुन थालेपछि आइतबारदेखि स्मार्ट लकडाउनलाई खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौँ उपत्यकाका विद्यालयहरूमा भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न अनुमति दिएको हो ।

लामो समय बन्द रहेको विद्यालय खुलेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए । हस्याङफस्याङ गर्दै उनीहरू बिहानै विद्यालयतर्फ दौडिरहेका थिए । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । हेर्नुहोस् तस्बिरहरू : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप