आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता भएसँगै एमालेले काठमाडौं बोलायो सांसदहरुलाई

आइतबार, ०१ फागुन २०७८, १२ : २५
आइतबार, ०१ फागुन २०७८

नेकपा एमालेले सबै सांसदहरुलाई काठमाडौं बोलाएको छ । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै एमालेले सबै सांसद र शीर्ष नेताहरुलाई काठमाडौं बोलाएको हो ।

एमालेले सत्तारुढ दलले महाभियोग प्रस्ताव ल्याएपछि यसबारे पार्टीमा छलफल गर्ने बताइएको छ । नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोग गर्दा भएको हो । महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् । 

महाभियोगको प्रस्तावकमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ रहेका छन् । यसमा कूल ९८ जना सांसदहरुको हस्ताक्षर रहेको छ । संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार बिहान ११ बजेर १० मिनेटमा जाँदा महाभियोग दर्ता गरिएको हो । पाण्डेका अनुसार यो फरक प्रकृतिको प्रस्ताव रहेका कारण यसको दर्ता नम्बर १ रहेको पनि रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप