बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मातृभाषा दिवसमा ४० भाषाका कविता

सोमबार, ०२ फागुन २०७८, १३ : ५३
सोमबार, ०२ फागुन २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा (भाषा तथा साहित्य) विभागले अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना गर्ने मातृभाषा कविता दिवस यस वर्ष पनि आयोजना गर्ने भएको छ ।

फरवरी २१ (फागुन ९) मा मनाइने अन्तरराष्ट्रिय मातृभाषा दिवसका लागि यस वर्ष ४० भाषाको १०२ वटा कविता प्राप्त भएको मातृभाषा विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले रातोपाटीलाई बताइन् ।

एउटा भाषाबाट ५ भन्दा बढी कविता प्राप्त हुनेको हकमा दुइटा कविता वाचन गर्न दिइने नियम अनुसार वाचनका लागि ४६ वटा कविता छनौट गरिएको छनौट समितिका सहसंयोजक पदम राईले बताए ।

मातृभाषा दिवसको अवसरमा झाँकी प्रदर्शन तथा मातृभाषा सम्बन्धि गोष्ठी आयोजना पनि गरिने प्राज्ञ मालीले जनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप