बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार महताराको ‘जुग जगाउँदाखेरि’ विमोचन

सोमबार, ०२ फागुन २०७८, ११ : ००
सोमबार, ०२ फागुन २०७८

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएको बताएका छन् । 

सोमबार पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उक्त अभिव्यक्ति दिएका हुन् । पत्रकार महताराले जनयुद्धको समयमा आफूले पत्रकारिताको क्रममा भोगेका अनुभव र अनुभूतिहरुलाई पुस्तकमा समेटेका छन् । 

महराले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि त्यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको उल्लेख गरे । नेता महराले राष्ट्रिय हित विपरित एमसीसी रहेकाले संशोधन र परिमार्जनबिना पास हुन नसक्ने धारणा राखे ।

प्रेस सेन्टर, नेपालका पूर्व अध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा. दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्व सचिव प्रभात चलाउनेको टिप्पणीमा पत्रकार डबल महताराको पुस्तकले कठिन समयको स्मरण गराएको उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप