आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा ‘द अल–न्यू निसान नभारा’

सोमबार, ०२ फागुन २०७८, १८ : ३५
सोमबार, ०२ फागुन २०७८

गाडी उत्पादक कम्पनी निसानले नेपाली बजारमा द अल–न्यू नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स सार्वजनिक गरेको छ । नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी रहेको निसानले जानकारी दिएको छ । ८० वर्ष अघिदेखि विशेषगरी पिकअप सेगमेन्टका गाडी बिक्रीमा निसान अब्बल छ ।

द अल–न्यू नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ । बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको यो गाडीमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ । आधुनिक गाडीमा हुने अद्यावधिक अधिकांश सुविधाहरू गाडीमा राखिएको निसानले दाबी गरेको छ । 

निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सफल भएकोमा गर्व लागेका बताएका छन् । अल–न्यू नभाराको उपलब्धता पश्चात आफ्ना ग्राहकका लागि बेस्ट पर्फमेन्स गाडी उपलब्ध गराउने र यसले बजारमा निसानको स्थितिलाई अझै बलियो बनाउन सहयोग पु¥याउने उनले दाबी गरेका छन् । 

पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दीप सारडाले नेपालमा पिकअप ट्रकको बजार बलियो बन्दै गएको छ र आफूहरूले नयाँ उत्पादन उपलब्ध गराउन पाएकोमा उत्साहित भएको उल्लेख गरे । नयाँ उत्पादन उपलब्ध गराएर शहरी क्षेत्रमा बढिरहेका ग्राहकको चाहना पूरा गर्न र बजारमा उपस्थिति अझै बलियो बनाउन सक्षम हुने उनको विश्वास छ ।
द अल–न्यू नभारामा नयाँ फिचरको रूपमा बडी–कलर्ड फ्रन्ट बम्पर (अफरोड), एलईडी हेडलाइट –ब्ल्याक) र सिग्नेचर, ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट (एलईडी) रहेका छन् । द अल–न्यू नभारा विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप