बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार तारानाथ शर्माको निधन

मङ्गलबार, ०३ फागुन २०७८, ११ : २४
मङ्गलबार, ०३ फागुन २०७८

साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।
 
१९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने लेकालीले जनाए । 

झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उनका श्रीमती र दुई छोरा छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप