सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्गलबार, ०३ फागुन २०७८, १३ : ००
मङ्गलबार, ०३ फागुन २०७८

ललितपुरको बाग्डोलमा सोमबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति साढे ११ बजे मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

गएराति साढे १० बजे बाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको रेलिङ्गमा ठोकिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप