आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘तिमी हौ तिमी’ भन्दै पूजा र आर्यन

मङ्गलबार, ०३ फागुन २०७८, १३ : ५६
मङ्गलबार, ०३ फागुन २०७८

गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ । अस्ट्रेलियामा बसेर संगीत र भिडियो निर्माणमा सक्रिय  शिशिरजय खरेलको शब्द संगीत गीतमा छ ।

विषम आचार्यको संगीत संयोजन रहेको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र पूजा शर्माको प्रेम र रोमान्स देखाइएको छ ।

बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काको निर्देशन गरेका हुन् । शिशिर जय खरेल निर्माता रहेको भिडियोलाई रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड भिजा सर्भिसेसले निर्माणमा सहकार्य गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप