सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबार, ०४ फागुन २०७८, ०७ : ००
बुधबार, ०४ फागुन २०७८

रुकुम पूर्वको भुमे गाँउपालिका–४ कराल बगरमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित चार जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भुमे गाँउपालिका–८ का १८ वर्षीय सुनिल रोका रहेका छन् । रोकालाई उपचारका लागी  अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मध्ये तीन जनाको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ भने र एक जनालाई उपचारका लागी दाङ तर्फ पठाइएको छ । 

रा १ त ३२ ४५ नम्बरको ट्याक्टर मंगलबार साँझ ६ बजे अनियन्त्रित भएर सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप