मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पेटमा बोसो लाग्नुको कारण कतै मसला पिस्ने गलत तरिका त होइन ?

बुधबार, ०४ फागुन २०७८, १२ : ३६
बुधबार, ०४ फागुन २०७८

सानो छँदा हामी ठूलाले सिलौटोमा अचार, मसला पिनेको देख्थ्यौँ । गाउँमा अझैपनि कयौँ घरमा सिलौटोको प्रयोग हुँदै आएको छ । शहरमा जहाँ २४ सै घन्टा बिजुली हुन्छ, त्यहाँ भान्सामा सिलौटाको स्थान मिक्सरले लिएको छ । मिक्सरमा छोटो समयमा नरिवलदेखि लिएर पिरो खुर्सानीसम्म पिसेर पेस्ट बनाइन्छ ।

यसबाट समय बच्ने र खुर्सानी मसला पिस्दा हात पोल्ने समस्याबाट छुटकारा पाइन्छ ।

सिलौटोदेखि  मिक्सरसम्मको दुरीपश्चात् यसबाट कतै स्वास्थ्यमा कुनै असर त परेको छैन भन्ने प्रश्न उठेको छ । हामी सिलौटामा पिसिएको मसलाको फाइदा बारे कुराकानी गरिरहेका छौँ । यसबारे भारतकी डाइटिसियन अनीता झा यस्तो भन्छिन् ।

सिलौटोमा मसला पिस्नुको फाइदा के छ  ?

सिलौटोमा पिसेको मसलाको विशेषता भनेको यसले ताप उत्पन्न गर्दैनँ । धेरैजसो मसला गर्मी हुन्छन् भन्ने गुनासो आउने गरेको छ । कुनै मसला स्वभावैले गर्मी हुन्छन् भने केही मिक्सरमा पिसिएकाले गर्मी हुने गर्छन् । यस्तो अवस्थामा यदि सिलौटोमा पिसियो भने यसले शरीरमा गर्मी उत्पन्न गर्दैनँ ।

भोक नलाग्ने समस्या हट्छ

जसलाई भोक नलाग्ने समस्या छ, उनीहरुका लागि सिलौटोमा पिसेको मसला र अचार राम्रो हुन्छ । सिलौटामा पिसिएको मसलाको बास्ना पनि मिठो आउँछ । यो सुगन्ध नाकको माध्यमबाट दिमाग सम्म पुग्छ र खाने इच्छा र भोक बढाउँछ । तर मिक्सरमा पिसिएको मसला यस्तो हुन्नँ ।

मसलाको स्वाद बढाउँछ

सिलौटोमा पिसिएको मसला विशेष हुन्छ र यसको स्वाद पनि फेरिँदैन । जब यो मसला तरकारीमा हालिन्छ यसले स्वादसमेत बढाउँछ । मिक्सरको ब्लेडका कारण मसलाको स्वाद बदलिन्छ । ग्राइन्डरमा पिसिएको लसुनको स्वादमा धेरैजसो कडापन पाइन्छ ।

हातको पनि व्यायाम हुने

सिलौटोमा मसला पिस्दा हातको राम्रो व्यायाम हुने गर्छ । यसैगरी मसला वा अचार पिस्दा जुन आसनमा बसिन्छ, यसबाट राम्रै व्यायाम हुन्छ । यसबाट पेटमा दबाब बन्छ र पेट भित्रतर्फ पस्छ । सिलौटोमा नियमित रुपमा मसला पिस्ने हो भने पेट र जाँघको आसपासको बोसो कम हुन जान्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप