सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हारबाट जोगियो बायर्न

बिहीबार, ०५ फागुन २०७८, ०७ : ३१
बिहीबार, ०५ फागुन २०७८

६ पटकको विजेता बायर्न म्युनिख च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ । बुधबार राति रेडबुल साल्जबर्गविरुद्धको खेलमा किंग्लसले कोमानले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई स्तब्ध हुनबाट जोगाएका हुन् । कोमानले खेलको ९० औँ मिनेटमा थोमास मुलरको पासमा गोल गरेपछि अन्तिम–१६ खेलको पहिलो लेग १–१ को बराबरीमा सकियो । 

यसअघि पहिलो हाफमा चुक्वुबुइके अडामुले गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए । टोली पहिलो पटक प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो ।

उता, बायर्न केही दिनअघि मात्र बुन्डेस लिगामा घरेलु मैदानमा बोचुमसँग ४–२ गोलले पराजित भएको थियो । बुधबारको खेलमा पराजित भएको भए बायर्नले सन् २०१९ पछि पहिलोपटक लगातार दुई खेलमा हार बेहोर्ने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप