आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

बिहीबार, ०५ फागुन २०७८, ११ : ४२
बिहीबार, ०५ फागुन २०७८

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।  दुर्घटनामा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ बर्षीय तेजनारायण महतोको मृत्यु भएको हो । 

गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो ।  गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

बुधबार बेलुकी पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप