आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

बिहीबार, ०५ फागुन २०७८, ११ : ५४
बिहीबार, ०५ फागुन २०७८

कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् ।  मृत्यु हुनेमा कैलालीकै गोदावरी नगरपालिका–५ का ३१ वर्षीय दलबहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलाली ६ का ३३ वर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ ।  अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरी चौकी कैलाली गाउँले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप