मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा एचआईभी संक्रमित प्रवासी कामदार र ट्रान्सजेन्डर

बिहीबार, ०५ फागुन २०७८, १८ : ४६
बिहीबार, ०५ फागुन २०७८

प्रवासी कामदार नेपालमा एचआईभी संक्रमित मध्ये सबैभन्दा बढि प्रवासी कामदारसँगै पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर व्यक्ति रहेको पाइएको छ । प्रवासी कामदार र पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर १९ प्रतिशत एचआईभी संक्रमित छन् भने महिला यौनकर्मी ९ प्रतिशत रहेको छन् । 

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार पुरुष यौनकर्मीहरुमा ८ प्रतिशत रहेका छन् भने  सुईबाट लागु पदार्थ लिने व्यक्तिमा २ प्रतिशत रहेका छन् । नेपालमा एचआईभी  संक्रमित ३० हजार ३० सय रहेका छन् ।

संक्रमित १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कले बढि रहेको एचआईभीको इपिडेमिक सम्बन्धी मोडलिङमा उल्लेख गरिए अनुसार राजमार्ग जिल्लाहरुमा पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरूमा व्याप्तता अर्थात् प्रसार दर ८२ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ८५ प्रतिशत रहेको समेत नियन्त्रण केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप