मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा तात्यो सडक : बानेश्वरमा 'एमसीसी स्वाहा' कार्यक्रम (फोटोफिचर)

आइतबार, ०८ फागुन २०७८, १२ : ३२
आइतबार, ०८ फागुन २०७८

 विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरुले एमसीसीको विरोधमा विरोध प्रदर्शनलाई जारी राखेका छन् । काठमाडौंको माइतीघर, बबरमहल, नयाँ बानेश्वर, मीनभवन लगायतका स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन भएका हुन् । 
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र वाइसिएलले संसद भवन नजिकै बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको प्रदर्शनका क्रममा प्रहरीसँग ठेलमठेल भएको छ । 


यसैबीच नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले बानेश्वरको सडकमै एमसीसी स्वाहा कार्यक्रम गरेको छ । सो क्रममा एमसीसीको विरोध गर्दै उनीहरुले सडकमै एमसीसी स्वाहा भन्दै होम गरेका हुन् । 

त्यस्तै अन्य साना दलहरु माइतीघरमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी लगायतका दलहरुले अहिले विरोध प्रदर्शन  गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप