मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘नो एमसीसी’को कालो पट्टी बाँधेर बानेश्वरमा वाईसीएल र क्रान्तिकारीको प्रदर्शन (फोटोफिचर)

आइतबार, ०८ फागुन २०७८, १२ : ४३
आइतबार, ०८ फागुन २०७८

एमसीसीको विरोध गर्दै राजधानीको बानेश्वर क्षेत्रमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रदर्शन गरेका छन् । ‘नो एमसीसी’ लेखिएको कालोपट्टी टाउकोमा बाँधेर वाईसीएल र क्रान्तिकारीका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । 

माओवादीसहितका सत्ता गठबन्धनको बैठकबाट एमसीसी संसदमा टेबुल गर्ने निर्णय भएपछि सत्ता गठबन्धन निकटकै वाईसीएल र क्रातिकारीले प्रर्दशन गरेको हो । एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न साना कम्युनिस्ट पार्टीहरुले पनि प्रदर्शन गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप