मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमसीसी टेबल हुँदा संसद्‍मा जे देखियो, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०८ फागुन २०७८, १४ : ५५
आइतबार, ०८ फागुन २०७८

संसद् भवनबाहिर विरोध प्रदर्शन र संसद्‍‍भित्रै पनि प्रतिपक्षी र सत्तारुढ दलकै कतिपय सांसदको विरोधका विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी टेबल भएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाको अनुमतिमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी बैठकमा टेबुल गरेका हुन् । 

कार्कीले एमसीसी टेबल गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए । उनीहरुले एमसीसीको भन्दा पनि सभामुखको भूमिकालाई लिएर नाराबाजी गरेका हुन् भने भीम रावललगायतले चाहिँ एमसीसीकै विरोधमा नाराबाजी र संसद्‍मा बोलेरै विरोध गरे । 

यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरूले पनि प्रस्ताव वाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा रहे । सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको थियो भने त्यसपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्बन्धी कार्यसूची तय गरेको थियो । एमसीसी टेबल भएसँगै संसद् बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप