आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको नयाँ शोरूम बनेपामा

आइतबार, ०८ फागुन २०७८, १७ : ४२
आइतबार, ०८ फागुन २०७८

टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ शोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ लिमिटेडले यही महिनादेखि सेवा पु¥याउने योजनासहित बनेपामा शोरूम विस्तार गरेको हो । बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो रहेको छ । जसका सञ्चालक सेवक बुढाथोकी हुन्् । बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो । योसँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ ।

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्त जंग सिजापतीले भने,‘हामीले अहिले मासिक रूपमा कम्पनीको वृद्धि भएको देखिरहेका छौं । यो नयाँ डिलरशीप र सम्झौता कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुङ्गा सावित हुनेमा हामी विश्वस्त छौं । बनेपा हाम्रोलागि प्रमुख बजार मात्र नभई यो हाम्रो विकास रणनितीको प्रमुख हिस्सा पनि हो ।’

त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक बुढाथोकीले पनि यो आउटलेटको विक्रेताको रुपमा लक्ष्मी अटो नियुक्त भएकोमा खुशी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘बनेपामा सिप्रदी ट्रेडिङ्गका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा हामी निकै गर्व महशुस गरिरहेका छौं । आज बनेपा डिलरशिप सेल्स शोरुमको सफलतापूर्वक उद्घघाटन गरिएको छ । उद्घघाटनसँगै यस क्षेत्रबाट टाटा मोटर्सले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । टाटा मोटर्स सँगको सम्झौतासँगै हामी यसको बढ्दो माग, बिक्री एवम् यसको सेवाहरू उच्च मापदण्डहरूको पालनासहित पूरा गर्न चाहन्छौं ।’

बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडी सम्बन्धि परामर्श, खरिद तथा एक्स्चेंज सर्भिस जस्ता सुविधा लिन सक्नेछन् । साथै, गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै उपलब्ध हुने कम्पनीको भनाइ छ । बनेपाको नयाँ आउटलेटबाट बनेपालगायत वरिपरिका उपभोक्ताहरू लाभान्वित हुनेमा कम्पनी विश्वस्त छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप