बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सङ्घर्षशील युवाको कथा ‘वासुदा’ लोकार्पण

सोमबार, ०९ फागुन २०७८, ०७ : ४८
सोमबार, ०९ फागुन २०७८

युवा स्रष्टा भीष्मराज फुलाराको नविनतम् कृति ‘वासुदा’को एक कार्यक्रम बीच आइतबार राजधानीमा विमोचन भएको छ । डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिमा एटर्नी एट ल. अमेरिकाका अधिवक्ता वासुदेव फुलारा, लेखक भीष्मराज फुलारा थिए भने अर्का अतिथि उपप्रा. ज्ञाननिष्ठ ज्ञवालीले विमोचित पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए ।

एक सङ्घर्षशील युवाको जीवन कथामा आधारित उपन्यास ‘वासुदा’मा मूल पात्र वासुदामा एकै पटक देखिएका चुनौतीहरूको सामना गर्ने साहस भएका कारण जीवन सफल भएको देखाइएको छ । वासुदाको संङ्घर्षमा साथ दिने अन्य पात्रहरूलाई पनि महत्त्वपूर्ण रूपमा प्रस्तुत गरिएको छ । ‘वासुदा’ कृतिमा वासुदाको जीवन सङ्घर्ष रोचक, मर्मस्पर्शी र वास्तविक जीवनका रहस्यहरू आम मानिसको आफ्नै जीवन रेखाकै वरिपरि घुमेको महसुस गराउँछ । संघर्षका समयमा आइपरेका अन्य घटना परिघटनालाई पनि लेखकले सटिक ढङ्गले पुस्तकमा उतार्ने नमर्को गर्नु भएको छ । दुई सय त्रिचालिस पृष्ठको ‘वासुदा’ उपन्यासको मूल्य बाक्लो गाता रु.५५० र साधारण गाता ३५५ रहेको छ भने फुलारा लिटरेचर फाण्डेशन नेपालले प्रकाशन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप