सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राेल्पामा टिपर दुर्घटनामा हुँदा एक जनाकाे मृत्यु

सोमबार, ०९ फागुन २०७८, १० : ५२
सोमबार, ०९ फागुन २०७८

राेल्पामा  टिपर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय राेल्पाका अनुसार  इँटा लिएर राेल्पाकाे लुङ्ग्री गाउँपालिका -२ सिर्प जाँदै गरेकाे लु १ ख १७८७ नम्बरको टिप्पर लुङग्री गाउँपालिका -२ जलुके भन्ने स्थानमा दुर्घटना हुँदा साेहि गाउँपालिका -२ सिर्प बस्ने ३७ वर्षिय अमृत बहादुर वलीकाे घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परि घाइते भएका टिप्पर चालक दाङकाे राप्ती गाउँपालिका -३ का ४३ वर्षिय दिपक केसीलाई उपचार लागि बुटवल ल्याइएकाे छ।
 
 सडकबाट अन्दाजी १५० तल खसेकाे थियाे  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप