आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोल्पामा ट्रिपर दुर्घटना, एक पुरुषको मृत्यु

सोमबार, ०९ फागुन २०७८, १० : ५८
सोमबार, ०९ फागुन २०७८

रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रिपरका चालक घाइते भएका छन् ।  मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् । 

घाइते भएका उनको उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।  चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ ।  लमहीबाट ईट्टा लिएर सिर्प तर्फ जादै गरेको रा १ ख १७ ८७ नम्बरको ट्रिपर अनियन्त्रित भएर पल्टिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप