आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, ०९ फागुन २०७८, १२ : ३७
सोमबार, ०९ फागुन २०७८

दाङको घोराही उपमहानगरपालिका–३ भानपुरचोकमा सोमबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ कुहिरे पानीका १९ वर्षीय अर्जुन खड्का रहेका छन् । खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार बिहान पौने ७ बजे घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप