बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

८७ वर्षमा पनि लेखनमा सक्रिय कायस्थ

सोमबार, ०९ फागुन २०७८, १३ : २०
सोमबार, ०९ फागुन २०७८

भक्तपुरका लेखक तिलकप्रकाश कायस्थको नयाँ पुस्तक सार्वजनिक छ । उनी हाल उमेरले ८७ वर्षको भइसकेका छन् । यो उमेरमा पनि कायस्थ दैनिक १० घण्टा भन्दा बढी अध्ययन र लेखनमा सक्रिय छन् ।  उनले हालसम्म १३ वटा पुस्तक प्रकाशन गरिसकेका छन् । पहिलो प्रकाशित कृति योमरि (उक्ति संग्रह ) हो जुन २०३५ सालमा सार्वजनिक भएको थियो । 

केही समयपछि शहीदहरुको गाथालाई समेटेर उनी १४ औं पुस्तक प्रकाशन गर्ने तयारीमा छन् । कायस्थको पछिल्लोपटक सार्वजनिक भएको १३ औं कृति झुक्न नजानेका राष्ट्रवादी नेता वीपी कोइराला हो । वीपी कोइरालाका जिन्दगीका विभिन्न समयहरुलाई समेटेर उक्त पुस्तक प्रकाशन गरिएको लेखक कायस्थले जानकारी दिए ।

उनको यो पुस्तकमा भारत र नेपालको बीचमा रहेको सम्बन्ध र वीपीको विषयमा पुस्तकका धेरै कुरा समेटिएको छ । यो पुस्तकको प्रकाशकमा रञ्जन, हिसिला र प्रशान्त कायस्थ रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप