बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लघुकथा समाजद्वारा पुरस्कार हस्तान्तरण

सोमबार, ०९ फागुन २०७८, १५ : ४९
सोमबार, ०९ फागुन २०७८

लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री–केशर कथा सम्मान–७०७८’ कथाकार मधुवन पौडेललाई र ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले दुवै स्रष्टालाई सम्मानपत्र प्रदान गरे । दुवै स्रष्टालाई सम्मानकासाथ नगद राशि २१ हजार रुपैयाँ पनि प्रदान गरियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोचक घिमिरेले नेपाली कथा साहित्यले विदेशका कथासँग कुम जोड्ने क्षमता राखे पनि सार्थक अनुवाद नभइदिँदा नेपाली कथाले विश्व बजार पाउन नसकेको बताए । 
घिमिरेले नेपाली कथा लेखनको प्रारम्भिक कालको चर्चा गर्दै कथाको विकासमा साहित्यिक पत्रकारिताले पु¥याएको योगदान बारे उल्लेख गरे ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले स्रष्टाहरूको सङ्क्षिप्त परिचय दिए । डा. गौतमका अनुसार २०१९ सालदेखि साहित्य लेखनमा लागेका कथाकार मधुवन पौडेलका कथा नेपाली कथा साहित्यमा बलियो लेखनकासाथ उभिएको बताए । पौडेलका आधा दर्जन कथाकृति प्रकाशित रहेको उनले बताए ।

डा. गौतमले लघुकथाकार हरिप्रसाद भण्डारीको लेखनकर्मको चर्चा गर्दै उनले लघुकथाकै क्षेत्रमा एमफिल गरेको र लघुकथाको विषयमा नै विद्यावारिधि गर्न लागेको बताए ।
साहित्यकार अशेष मल्लले उपयुक्त स्रष्टालाई सम्मानित गरेर लघुकथा समाज र दुवै सम्मान आफै सम्मानित भएको उल्लेख गरे । 

समाजका अनुसार यसअघि सावित्री केशर कथा सम्मान वरिष्ठ कथाकारहरू परशु प्रधान, भाउपन्थी, सनत रेग्मी र डा. राजेन्द्र विमललाई प्रदान गरिसकिएको छ भने बाटुली खिलध्वज लघुकथा सम्मान डा. लक्ष्मणप्रसाद गौतम, हिरण्य भोजपुरे, महेश प्रसाईं र धु्रव मधिकर्मीलाई प्रदान गरिसकिएको छ ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरू मधुवन पौडेल, हरिप्रसाद भण्डारी, सुमन सौरभ र सिन्धु गौतमले बोलेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप