आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्धन किफायती पारिवारिक कार ‘सुजुकी सेलेरियो’ नेपाली बजारमा

मङ्गलबार, १० फागुन २०७८, १२ : २५
मङ्गलबार, १० फागुन २०७८

सुजुकीको इन्धन किफायती कारण ‘सुजुकी सेलेरियो’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । सुजुकी चारपाङ्ग्रेको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्सको सीजी मोटोकर्पले यो कार नेपालमा ल्याएको हो ।  

‘सुजुकी सेलेरियो’ इन्धन किफायती पारिवारिक कार रहेको र नेपालमा उपलब्ध कारमध्ये सर्वाधिक माइलेज दिने मोटोकर्पले दाबी गरेको छ । अतुलनीय ड्राइभिङ अनुभव लिन सकिने कारमा नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा र विभिन्न सुविधा भएको कम्पनीले जनाएको छ ।

सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारीसाधन भएको र न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको मोटोकर्पका सेल्स एण्ड मार्केटिङ महाप्रबन्धक सिराज पन्तले बताए । नयाँ डिजाइनयुक्त कारले ग्राहकलाई आकर्षित र उत्साहित बनाउने पन्तले दाबी गरे । 

यस्तो छ डिजाइन  
अल न्यू सेलेरियोमा थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइन गरिएको छ । यो डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलयुक्त कारमा १५ इञ्च (३८.०२ सेन्टीमिटर) अर्बन कालो अग्लो पाङ्ग्रा र अगाडिको फग ल्याम्पले जीवन्त शैलीको आकर्षण थप्ने मोटोकर्पले जनाएको छ ।
कारको भित्री भागमा फराकिलो क्याबिन, स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानल जडान गरिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक देखाउँछ । 

यान्त्रिक विशेषता 
कारमा पावर र माइलेजको उत्तम समिश्रणयुक्त भनिएको नयाँ जेनेरेशनको ड्यूल जेट, ड्यूल भीभीटीयुक्त के–सिरिज इञ्जिन प्रयोग गरिएको छ । यो इञ्जिनयुक्त कारले नेपालमा उपलब्ध कारमध्ये सबैभन्दा बढी अर्थात २६ किलोमिटर प्रतिलिटर माइलेज दिने उत्पादकको दाबी छ । 
यो सेगमेन्टमै पहिलो ‘आइडल स्टार्ट–स्टप’ सेलेरियोमा प्रयोग गरिएको छ । यसले कार्बन उत्सर्जनलाई १९ प्रतिशतसम्म घटाउने बताइएको छ । न्यू सेलेरियोले ३५ सय आरपीएममा ८९ एनएमको टर्क र ५५ सय आरपीएममा ६७ पीएस पावर प्रदान गर्छ । कारमा प्रयोग भएको नेक्स्ट–जेन के–सिरिज  इञ्जिनको विकास अत्याधुनिक प्रविधि कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ ।

न्यू सेलेरियोमा रमाइलो र आरामदायी ड्राइभिङ अनुभव दिलाउन सात इञ्चको स्मार्टप्ले स्टूडियो इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ । फर्स्ट इन सेगमेन्ट  इञ्जिन पुश स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि उपलब्ध छ । माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ–समायोज्य ड्राइभर सिटजस्ता सुविधाहरूले नयाँ सेलेरियो थप आरामदायी हुने कम्पनीले जनाएको छ  । 

न्यू सेलेरियो तीन भेरियन्टमा उपलब्ध छ । ‘भीएक्सआइ’ भेरियन्टको मूल्य २७ लाख ९९ हजार, जेडएक्सआइको २९ लाख ९९ हजार र जेडएक्सआइको मूल्य ३१ लाख ९९ हजार तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप