पाल्पामा एक युवकको मृत्यु
मङ्गलबार, १० फागुन २०७८, १३ : ३९
पाल्पाको तानसेनमा गएराती अत्याधिक मादक पदार्थ सेवन गरेका एक युवक मृत फेला परेका छन् ।
तानसेन नगरपालिका–९ खर्के डाँडाका ३६ वर्षीया महेश बौडेल आफ्नै सुत्ने कोठाको पल्रग तलको भुईँमा मृत फेला परेको पाल्पा प्रहरीले जनाएको छ । पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार उनले अत्याधिक मादक पदार्थ सेवन गरेर मृत्यु भएको पाइएको छ ।