पशुपतिको भित्तामा शिवका चित्र कोरिँदै, तस्बिरहरू हेर्नुहोस्
मङ्गलबार, १० फागुन २०७८, १४ : १६
महाशिवरात्रिलाई मध्यनजर गर्दै पशुपति विकास कोषले पशुपति क्षेत्रलाई सजाउने कामलाई तीव्र रूपले अगाडि बढाएको छ । भक्तजनहरूलाई आकर्षण गर्ने ध्येयले यो वर्ष कोषले पशुपतिभित्रका मठ मन्दिरसँगै बनेका भित्ताहरूमा भगवान् शिवको स्वरूपहरूको चित्रहरू बनाएका हुन् ।
तयारीबारे बुझ्न संस्कृति पर्यटन मन्त्री प्रेमबहादुर आले सो चित्रहरूसमेत अवलोकन गरेका थिए । फाल्गुन १ गतेबाट बनेका यी चित्रहरू राज श्रेष्ठ, रुद्रराज बस्नेत लगायत पाँचजना कलाकर्मीहरूको टिमले बनाएका हुन् । भारतको नयाँ दिल्लीमा यो चित्र कोर्ने तालिम लिएर साउदी कतारमा समेत आफूले यस्तो काम गरिसकेको बस्नेत बताउँछन् । महाशिवरात्रिलाई मध्य नजर गर्दै कोसले २९९ जना मूल आयोजक समिति बनाएको प्रवक्ता डा घनश्याम खतिवडा बताउँछन् ।