मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मोटोपन प्रजनन स्वास्थ्यका लागि खतरनाक, थाहा पाउनुहोस् तौल कम गर्ने तरिका

मङ्गलबार, १० फागुन २०७८, १५ : ०३
मङ्गलबार, १० फागुन २०७८

मोटोपन कयौँ गम्भीर रोगको कारण बन्न सक्छ । यसले मुटुरोग र मधुमेह मात्रै होइन, स्त्रीरोग निम्त्याउने सम्भावना पनि बढ्न जान्छ । हालै बेलायतमा भएको एक अनुसन्धानमा वैज्ञानिकले मोटोपनले महिलाको प्रजनन स्वास्थ्यमा समस्या पनि निम्त्याउन सक्ने बताएका छन् ।

यसरी भएको थियो अनुसन्धान

१. यो अनुसन्धानमा वैज्ञानिकले मोटोपन र प्रजनन स्वास्थ्यसँग जोडिएका विकारबीच सम्बन्ध खोज्ने कोसिस गरेका छन् ।

२. उनीहरुले २ लाख ५७ हजार १ सय ९३ महिलालाई यस अनुसन्धानमा समावेश गराएका थिए ।

३. यी सबै युरोपेली थिए र उनीहरुको उमेर ४० देखि ६९ वर्ष थियो ।

४. उनीहरुको स्वास्थ्य डाटालाई यूके बायोबैंकको सहयोगबाट परीक्षण गरिएको थियो ।

५. वैज्ञानिकले एउटा यस्तो मोडल बनाएका थिए जसको माध्यमबाट महिला बडी मास इन्डेक्स (बीएमआई) र कम्मरदेखि हिपको अनुपातसम्म महिलाको प्रजनन स्वास्थ्यमा पर्ने असरलाई बुझ्ने कोसिस गरिएको थियो । 

यसो भन्छ अनुसन्धानको नतिजा

अनुसन्धानमा मोटोपन र प्रजनन स्वास्थ्य सम्बन्धि कयौँ विकारबीच सम्बन्ध पाइएको छ । यसमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस), महिनावारीमा रक्तश्राव, गर्भाशय फाइब्राइड र प्रि–एक्लेमप्सिया समावेश छन् ।

पीसीओएस एक हर्मोनल डिसअर्डर हो, जुन महिलाको महिनावारीसँग जोडिएको समस्या हो । यसमा अनियमित रक्तश्राव, महिनावारी ढिलो हुनु, अनुहारमा रौँ बढ्नु आदि समावेश छन् ।

गर्भाशय फाइब्राइडको स्थितिमा महिलाको गर्भाशयमा गाँठो बन्न थाल्छ । यद्यपि, यो क्यान्सरसँग सम्बन्धित छैन । प्रि–एक्लेमप्सिया एक यस्तो अवस्था हो जसमा उच्च रक्तचापका कारण गर्भधारणको समयमा जटिलता आउँछ ।

तौल कम गर्ने तरिका

जंकफुड र सफ्ट ड्रिंक्सको सट्टा स्वस्थ चीजलाई आफ्नो भोजनमा समावेश गर्नुहोस् । मौसम अनुसारको फलफूल, तरकारी, अनाज, नट्स, बीउ र स्वस्थ फ्याटबाट स्वास्थ्य  राम्रो हुन्छ र तौल नियन्त्रणमा रहन्छ । यसका साथै, शरीरमा पानीको कमी हुन दिनु हुँदैन ।

तौल कम गर्न व्यायाम अत्यन्त जरुरी छ । विशेषज्ञका अुनुसार प्रत्येक साता १५० मिनेट उच्च गतिको व्यायाम गर्नु आवश्यक छ । यसका साथै अन्य शारीरिक गतिविधि पनि गर्नु आवश्यक छ ।

निद्रा पुर्याउनुहोस् । तपाईंको निद्रा पुरा हुँदैन भने तपाईले अस्वस्थ खाना खाने सम्भावना बढ्न जान्छ । निद्रा पुरा भएपछि तपाईको शरीरले पनि राम्रोसँग काम गर्न थाल्छ ।

तनावबाट परै रहनु

तनावबाट परै रहनु । मोटोपन र तनावबीच ठूलो सम्बन्ध छ । कार्टिसोल नामको स्ट्रेस हर्मोनले तपाईंको पेटमा बोसो बढाउँछ । तनाव व्यवस्थित गर्नका लागि योगा र ध्यान गर्न सक्नु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप