मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राप्तीको स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछाने नियुक्त

मङ्गलबार, १० फागुन २०७८, १८ : ३७
मङ्गलबार, १० फागुन २०७८

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन्।  प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवा  लामिछानेलाई नियुक्त गरेका हुन् ।  डा. लामिछानेका घोराही १२ हापुर घर भई हाल काठमाडौँ बस्दै आएका छन् ।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले डा ऋषिकेश नारायण श्रेष्ठ, डा लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो ।

प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए।  आवेदन दिएकामध्ये समितिले तीन जनालाई छनोट गरेर सिफारिस गरेको थियो। एमबिबिएस पढेका लामिछानेले पब्लिक हेल्थमा मास्टर डिग्री गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप