आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक वर्षभित्रै २२ सय २६ वटा निसान म्याग्नाइट कार बुकिङ

मङ्गलबार, १० फागुन २०७८, २१ : ४१
मङ्गलबार, १० फागुन २०७८

सार्वजनिक भएको एक वर्षभित्रै नेपालमा २२ सय २६ वटा निसान म्याग्नाइट कार बुकिङ भएको छ । नेपालका लागि निसान र ड्याट्सनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले सन् २०२१ फेब्रुअरी २२ मा निसान म्याग्नाइट सार्वजनिक गरेको थियो । 

हालसम्म नेपाली बजारमा १४ सय ९९ वटा निसान म्याग्नाइट कार बिक्री भएको पायोनियर मोटोकर्पले जानकारी दिएको छ । हालसम्म भएको कार बुकिङ र बिक्री व्यापारमा कोशेढुङ्गा भएको पायोनियरले जनाएको छ । 
‘बिग, बोल्ड, ब्यूटिफूल’का रूपमा चिनिने निसान म्याग्नाइटलाई नेपाली बजारमा अत्यधिक रुचाइएको मोटोकर्पको दाबी छ । यो कार ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर,’ ‘टप गियर अवार्डस् २०२१,’ ‘द भ्यालू फर मनी कार अफ द इयर’ को अटोकार अवार्डस् ‘अटोमोबाइल ग्याजेट अफ द इयर,’ र ‘कार एण्ड बाइक्स् २०२१’ को पनि विजेता भइसकेको छ । सवारी सुरक्षामा पनि ग्लोबल एनक्याप ४ स्टार रेटिङ प्राप्त गरेको छ । 

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले निसान म्याग्नाइटप्रति आकर्षित ग्राहक र  शुभचिन्तक लगायत सबैलाई म्याग्नाइट बिक्री वार्षिकी अवसरमा धन्यवाद दिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप