मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फोहोरमान्डु बन्यो काठमान्डु, तस्बिरहरू हेर्नुहोस्

बुधबार, ११ फागुन २०७८, ०७ : २४
बुधबार, ११ फागुन २०७८

वर्षौँ अघि ठेक्का लागे पनि पासाङ ल्हामु राजमार्गको निर्माण सम्पन्न नभएपछि स्थानीयवासी विरोधमा उत्रिँदा काठमाडौँ उपत्यकामा फोहोरको डङ्गुर थुप्रिन थालेको छ । विगत ८ वर्षदेखि निर्माणाधीन राजमार्गको निर्माण नसकिएपछि छिटो सक्न दबाब दिँदै स्थानीयले सडक सञ्चालनमा अवरोध गरिरहेका छन् ।

फलस्वरुपः उपत्यकाको फोहोर नुवाकोटको सिसडोल पुग्न सकेको छैन । निर्माणको ठेक्का लागे पनि वर्षौँसम्म धुलो र हिलाम्य सडकको अवस्था सुधार गर्न स्थानीयवासीले फागुन १ गतेदेखि यातायात सञ्चालनमै अवरोध गरिरहेका छन् । जसकारण, फोहोरका गाडी सिसडोल पुग्न सकेका छैनन् ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले स्थानीयवासीले सडक बनाउन दबाब दिने लक्ष्यसहित अवरोध सृजना गर्दा फोहोर उठ्न नसकेको बताइन् । उनले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘जबसम्म स्थानीयले अवरोध हटाउँदैनन् । तबसम्म फोहोर हटाउन समस्या पर्ने छ । स्थानीयसँग पहल भइरहेको छ ।’ यसअघि, प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयवासीलाई फोन गरेर अवरोध हटाउन अनुरोध गरेको भए पनि अवरोध नहटेको खड्गीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप