बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गीति सङ्ग्रह ‘जनता के गीत गावत रहेम’को लोकार्पण

बुधबार, ११ फागुन २०७८, ०९ : २०
बुधबार, ११ फागुन २०७८

लेखक डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत सङ्ग्रहको लोकार्पण गरिएको छ । मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उक्त गीति सङ्ग्रहको लोकार्पण गरेका हुन् । 

पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत सङ्ग्रहमा श्रमजीवी वर्ग र उनीहरूको विचारलाई केन्द्रीत गरेर लेखिएका गीतहरू समावेश गरिएको आफूले पाएको बताउनुभयो । पार्टी र संगठनको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यमबाट जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको पनि अध्यक्ष प्रचण्डले बताए।

भोजपुरी भाषामा रहेको पुस्तक ‘जनता के गीत गावत रहेम’को अर्थ म जनताको गीत गाइरहनेछु भन्ने रहेको लेखक डा. गोपाल ठाकुरले बताए । पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीतहरू समावेश गरिएको छ। अधिकांश गीतहरू लोक लयमा आधारित रहेको र केही गीतहरू आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप