आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिक्रान्तिकारीहरुको षडयन्त्र र भ्रम चिरेर विजयी हुन्छौँ : प्रचण्ड

बुधबार, ११ फागुन २०७८, १४ : ४९
बुधबार, ११ फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको बताएका छन् । साथै उनले उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेको भएपनि ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने विश्वास व्यक्त गरेका छन् । 

बुधबार सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरु बीच संघर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप