आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो : महासचिव पोखरेल

बुधबार, ११ फागुन २०७८, १८ : २९
बुधबार, ११ फागुन २०७८

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताएका छन् । उनले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएकोसमेत बताएका हुन् । 

एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत आजदेखि बुटवलमा सुरु भएको दुईदिने प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमालेको जनलहर देखेर चुनावमा एक्लै जान डराएका चुनावबाट भाग्ने असफल भएकोसमेत बताए । एमसिसी परियोजनाका बारेमा सरकारमा सहभागी दलहरुबीच नै दोहोरो भूमिका देखिएको भन्दै उनले एमाले त्यसकाे​विरोधमा रहेको बताए । उनले सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने जनाउँदै प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने नहुने बताए । 

उनले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको जनाउँदै एमालेलाई जनताको साथ रहेकाले त्यस प्रकारको घेराबन्दीलाई सामना गर्ने बताए । पोखरेलले चुनावी तयारीमा लाग्न सबै नेतालाई निर्देशनसमेत दिए । प्रशिक्षणमा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मालगायत सहभागी छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप